“कृषि, उर्जा, पर्यटन र प्रविधि; हिलिहाङ गाउँपालिकाको समृद्वि”

header AD


क) बिदेशवाट शव झिकाउँन

  • निवेदनसाथ पेश गर्नुपर्ने काजगातहरु :-

      • ​​​​कामदारको राहदानी÷नागरिकताको प्रतिलिपि
      • बिदेशमा काम गरेको कम्पनीको नाम, ठेगाना र सम्पर्क नं.
      • निवेदन पेश गर्ने व्यक्तिको परिचय खुल्ने कागजात  (नागरिकता, राहदानी 

ख ) घरसम्म शव पुर्याउनः–

  • निवेदनसाथ पेश गर्नुपर्ने काजगातहरु :-

      • निवेदकको परिचय खुल्ने कागजात सहितको निवेदन
      •  कामदारको राहदानी नं
      •   नेपालमा शव आइपुग्ने मिति र  समय

निवेदनसाथ पेश गर्नुपर्ने काजगातहरु :-

  • रितपूर्वक भरेको निवेदन
  • श्रम स्वीकृतिपत्र
  • करारनामा÷सम्झौतापत्र
  • बिदेशको अस्पतालमा उपचार गराएको प्रमाणहरु,
  • नेपालको मान्यताप्राप्त अस्पतालमा उपचार गराएको प्रमाणहरु (बिरामीको पछिल्लो अवस्था प्रष्ट खुलेको हुनुपर्नेछ)
  • नेपाल फर्कदाको हवाई टिकट
  • बिरामीको पासपोर्ट (श्रम स्वीकृतिको स्टीकर समेत देखिने)÷ट्राभल डकुमेण्ट 
  • घाउ चोटपटक लागेको भए स्पष्ट देखिने फोटो
  • बिरामीको पासपोर्ट साइजको फोटो
  • बिरामीको नागरिकताको प्रतिलिपि
  • बिरामी आफै उपस्थित भई निवेदन पेश गर्न नसक्ने अवस्था भएमा स्थानीय निकायको सिफारिशमा ,बिरामीको मञ्जुरीनामा र हकवालासँगको नाता प्रमाणित सहित बिरामी आफै उपस्थित हुन नसकेको अवश्थामा माथि उल्लिखित कागजातहरु नजिकको हकवालाले पेश गर्न सक्नेछ ।

निवेदनसाथ पेश गर्नुपर्ने काजगातहरु :-

  • करारनामा÷सम्झौतापत्र
  • मृतकको पासपोर्ट फोटो भएको पाना तथा श्रम स्वीकृतिको स्टीकर भएको पाना)÷ट्राभल डकुमेण्ट
  • सम्वन्धित मुलुकको राजदूतावास वा स्वास्थ्य संस्थाको पत्र
  • शव बुझेको भन्सारको कागज
  • स्पष्ट नाता खुलेको नाता प्रमाणपत्र
  • मृत्यू दर्ताको प्रमाणपत्र
  • मृतक अविवाहित भए सो खुलेको कागज
  • मृतक र हकवालाको नागरिकताको प्रतिलिपि 
  • हकवालाको फोटो १ प्रति

कुनै कामदार ऐन तथा नियमावलीको व्यवस्था अनुसार वैदेशिक रोजगारमा गएकोमा सो कामदारको करार अवधि कायम रहेको अवस्थामा निजका परिवारका सदस्यलाइ देहायको अवस्थामा एक पटकलाइ रु १५ हजार देखि रु ५० हजार सम्म।

निवेदनसाथ पेश गर्नुपर्ने काजगातहरु :-

  • रित पूर्वक भरेको निवेदन
  • कामदारको श्रम स्वीकृतीको प्रतिलिपि
  • बिरामीको पासपोर्टको प्रतिलिपि (श्रम स्वीकृतिको स्टीकर समेत देखिने)
  • कामदार विदेश गएको प्रमाणित हुने कागजात (राहदानीमा लगाएको Departure sticker
  • कामदार र विरामी विचको नाता खुल्ने प्रमाण
  • रोग स्पष्ट खुल्ने अस्पतालमा जाँच गराएको कागजात
  • विरामीको नागरीकाताको प्रतिलिपि (नावालकको हकमा जन्म दर्ताको प्रतिलिपि)
  • विरामीको १ प्रति पासपोट साइजको फोटो
  • विरामीलाइ आर्थिक समस्या परेको स्वघोषणपत्र

उत्तर: कार्यालय: हिलीहाङ गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय पञ्चमी, पाँचथर

इमेल: info@hilihangmun.gov.np / hilihang.ruralmun@gmail.com

वेबसाइट: www.hilihangmun.gov.np

उत्तर: कार्यालय समय र सेवा प्रवाहको समय बिहानको ९ बजेदेखी साँझको ५  बजेसमम हो । सार्वजनिक बिदा: नेपाल सरकार र कोशी प्रदेश सरकारले तोकेका सार्वजनिक बिदाका दिनहरूमा कार्यालय बन्द रहनेछ ।

उत्तर:  सूचना अधिकारी दुर्गा तिमल्सिना (९८४४६४७४४४)  र गुनासो सुन्ने अधिकारी राजन आचार्य (९८४७३१३५१३) हुनुहुनछ ।

उत्तर: व्यक्तिगत घटना दर्ता, नाता प्रमाणित, नागरिकता सिफारिस, जग्गा सम्बन्धी सिफारिस लगायतका प्रत्यक्ष नागरिक सेवाहरू सम्बन्धित वडा कार्यालयहरूबाट नै प्रदान गरिन्छ । प्रशासन शाखाले वडा कार्यालयहरूको प्रशासनिक समन्वय र अनुगमनको कार्य मात्र गर्दछ ।

उत्तर: गाउँ सभाबाट पारित भएका ऐन, नियम, निर्देशिका, कार्यविधि तथा गाउँ कार्यपालिकाका प्रमुख निर्णयहरू हिलीहाङ गाउँपालिकाको आधिकारिक वेबसाइट बाट डाउनलोड गर्न सकिन्छ ।

उत्तर: गाउँपालिकामा प्राप्त हुने सम्पूर्ण सरकारी, गैरसरकारी तथा व्यक्तिगत निवेदन, पत्र र कागजातहरू प्रशासन शाखा अन्तर्गतको दर्ता-चलानी काउन्टरमा दर्ता गराउनुपर्छ । दर्ता गराएपछि दर्ता नम्बर र मिति अनिवार्य रूपमा लिनुहोला ।

उत्तर: प्रशासन शाखाले मुख्यतया कार्यालयको समग्र प्रशासनिक सञ्चालन, कर्मचारी व्यवस्थापन, नागरिक बडापत्र अनुसारका सेवा प्रवाहको अनुगमन, दर्ता-चलानी, सिफारिसपत्र, सभा-बैठक तथा निर्णय कार्यान्वयन, गुनासो व्यवस्थापन र अन्य शाखाहरूबीच अन्तर-शाखा समन्वय सम्बन्धी कार्यहरू गर्दछ ।

गाउँपालिकाको प्रचलित कानुनअनुसार सम्पत्ति कर, घरबहाल कर, व्यवसाय कर, विज्ञापन कर, बहालविटौरी शुल्क, नक्सापास दस्तुर, सिफारिस दस्तुर, सरसफाइ शुल्क लगायतका कर तथा शुल्क तिर्नुपर्ने हुन सक्छ।

  • निवेदन
  • नागरिकताको प्रतिलिपि
  • सदस्यता प्रमाण वा पासबुक (भएमा)
  • बचत/ऋणको प्रमाण (रसिद, भौचर, सम्झौता आदि)

  • सहकारी कानुनी रूपमा दर्ता भएको छ कि छैन।
  • नियमित लेखापरीक्षण भएको छ कि छैन।
  • वार्षिक साधारणसभा सम्पन्न गरेको छ कि छैन।
  • वित्तीय विवरण सदस्यलाई उपलब्ध गराएको छ कि छैन।
  • सञ्चालक समिति जिम्मेवार र पारदर्शी छ कि छैन।

  • सहकारी संस्था दर्ता तथा अभिलेख व्यवस्थापन
  • सहकारी नवीकरण सम्बन्धी सहजीकरण
  • अनुगमन, निरीक्षण तथा सुपरीवेक्षण
  • सहकारी शिक्षा, तालिम तथा अभिमुखीकरण
  • सहकारी सम्बन्धी गुनासो तथा सुझाव व्यवस्थापन
  • कानुन, नीति तथा मापदण्ड सम्बन्धी परामर्श

  • बलियो Password प्रयोग गर्ने।
  • OTP वा Password कसैलाई नदिने।
  • शंकास्पद Email वा Link नखोल्ने।
  • नियमित रूपमा Password परिवर्तन गर्ने।
  • सार्वजनिक सूचना बाहेक कार्यालयको सूचना बाहिर साझा नगर्ने।

सूचना प्रविधि शाखाले कार्यालयका कम्प्युटर, नेटवर्क, इन्टरनेट, इमेल, सफ्टवेयर, वेबसाइट, डिजिटल सेवा, साइबर सुरक्षा तथा सूचना प्रणालीको व्यवस्थापन, सञ्चालन र मर्मतसम्भार गर्दछ।