“कृषि, उर्जा, पर्यटन र प्रविधि; हिलिहाङ गाउँपालिकाको समृद्वि”

header AD
संक्षिप्त विवरण

नेपालको कोशी प्रदेशको पहाडी जिल्लाको रुपमा पाँचथर जिल्ला रहेको छ । नेपाल राष्ट्र निर्माण पूर्व यस क्षेत्रको चिनारि ऐतिहासिक पल्लो किराँतको रुपमा रहेको थियो । यस जिल्लाको आफ्नै लामो र पुरानो इतिहास छ । नेपालको संविधान २०७२ ले परिकल्पना गरे अनुसार संघीय शासकीय स्वरुप बमोजिम राज्य पुर्नसंरचनाबाट यस जिल्लामा ८ ओटा स्थानिय तहहरुको गठन गरिएको छ । १ नगरपालिका तथा ७ गाउँपालिकाको रुपमा स्थानिय तहको प्रशासनीक संरचना निर्धारण गरिएको छ । यस अन्तर्गत साविकका अमरपुर, पञ्चमी, सुभाङ र भारपा गा.वि.स.हरु मिलि हिलिहाङ गाउँपालिका बनेको छ ।

       यस गाउँपालिकाको नामाकरण ऐतिहासिक हिलिहाङ योङहाङ राजाको नाममा गरिएको छ । तत्कालिन याङवरक थुमका शक्तिशाली राजा हिलिहाङ योङहाङले राज्य गरेको इतिहास स्थानीय जनश्रृतिमा मात्र सिमित नभएर ऐतिहासिक हड्सन पाण्डुलिपिमा समेत हिलिहाङ राजाको वर्णन गरिएको छ । नेपाल राष्ट्र निर्माणको क्रममा गोर्खाली फौजहरु वल्लो किराँत तथा माझ किराँतलाई विजय गरेर अरुण खोला पूर्व पल्लो किराँत प्रवेश गरेदेखि  यहाँका रैथाने आदिवासी जनजाती लिम्वुहरुसंग सम्पर्क स्थापित भएको समयदेखि नै यस क्षेत्रका विभिन्न थुमका साना राजाहरुलाई विजय प्राप्त गर्दै याङ्वरक थुमका हिलिहाङ राजासंग पनि युद्ध भएको इतिहासमा पढ्न पाइन्छ । हिलिहाङ राजाका छिमेकी राज्य सिक्किमसंग पनि राम्रो सम्वन्ध रहेको र उहाँको चेलीको विवाह सिक्किमका नामग्याल राजासँग भएको र सिक्किमे राजाले गोर्खालीसंगको युद्धमा हिलिहाङ राजालाई सहयोग गरेका पाइन्छ ।

          यस गाउँपालिकाका वडा नं. ३ स्थित भोटेगढी डाँडा, वडा नं. ४ स्थित हिलिहाङ दरवार क्षेत्रले ऐतिहासिक पुरातात्विक महत्व वोकेका छन । यस क्षेत्रको सामाजिक सांस्कृतिक ऐतिहासिक पहिचानको सम्मान गर्दै यस गाउँपालिकाको नाम हिलिहाङ गाउँपालिका राखिएको हो । १९०८५ जना जनसंख्या रहेको यस गाउँपालिकाको क्षेत्रफल १२३.०१ वर्ग कि.मी. रहेको छ भने सिमानाको पुर्व तर्फ फालेलुङ र याङवरक गाउँपालिका, उत्तरमा याङवरक गाउँपालिका र ताप्लेजुङ्ग जिल्ला साथै पश्चिममा तेह्रथुम जिल्ला र दक्षिणमा फिदिम नगरपालिका पर्दछ । समुन्द्री सतहदेखी १३८० फिट उचाई (हिलिहाङ ७, माझिटार तमोरबगर) देखी ५४०० फिट उचाई (आगेजुङ्ग गुम्बा) सम्म यसको फैलावट रहेको छ । प्रसिद्ध पर्यटकीय स्थलहरु जोरपोखरी, आगेजुङ्ग गुम्बा, हिलिहाङ दरबार परिसर, मृदुङ्गा झरना, डोप्किले सानोपाथिभरा आदि  यस गाउँपालिकाको पर्यटन तथा पहिचानका आधारहरु हुन ।

आधारभूत जानकारी
Koshi
Panchthar
गाउँपालिका
123.01 sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total 19085
Male 9386
Female 9699
Other 0
नक्शा दृश्य (Map View)

Establishment

Established at -
Website https://hilihangmun.gov.np

Coordinates: 27.200000° N, 87.960000° E