All wards
आधारभूत जानकारी
सन्तोष लिङदेन
-
ward1.hilihangruralmun@gmail.com
हिलिहाङ - १, अमरपुर, पाँचथर ।
Ward statistics
Population
166
Households
480
Area
13.94
संक्षिप्त विवरण (Short Description)
साविक अमरपुर गा.वि.स को वार्ड नं. १ देखी वार्ड नं. ५ सम्मका पाँच वटा वडाहरु मिलाएर संघिय संरचना अनुसार २०७३ सालमा हालको हिलिहाङ गाउँपालिका १ नं. वडा भएको छ । यस वडामा २०७४ सालको स्थानिय चुनावबाट जनताको मतदान पाएर निर्वाचित वडा समितिले गठन भएको छ । जिल्ला पाचथरको सदरमुकाम देखी ७४ किलोमिटेर उत्तर पुर्वमा रहेको हिलिहाङ गाउँपालिकाको १ नं. वडाको पुर्वमा याङवारक गाउँपालिकाको वडा नं. ६ जोडिएको छ । पश्चिममा हिलिहाङ गा.पा. को २ नं. वडाको अधेर्रा खोल्सा पर्दछ भने उत्तरमा नगवेली पर्दै सुसाउदै वगेको कावेली खोलाले यस वडाको शान बडाएको छ साथै दक्षिणमा हिलिहाङ गाउँपालिकाको वडा नं. ४ जोडिएको अति नै रमणिय हरियाली वनजंगल, मठमन्दिर, बाटाघाटा, विजुली वत्ती, इन्टरनेट समेतको पँहुच रहेको अति सुन्दर वडाको रुपमा पहिचान बनाउव सफल वडाको रुपमा बढाउन यस वडाको स्थानिय सरकारको पहलमा विकास निर्माणका कार्यहरु तिव्र रुपमा अगाडि बढि रहेका छन । यस वडामा वसोवास गर्ने क्षेत्री, व्राह्मण, राई, लिम्वु, तामाङ, नेवार, कामी , दमाई, मगर आदि मिश्रित जनजातिको वसोवास रहेको साझा फुलवारीको रुपमा रहेको छ । यस वडाका वासिन्दाहरु वैदेशिक रोजगार, पशुपालन, खेतिपाती, नगदेवाली , व्यापार व्यवसाय गरी जिविकोपार्जन गर्दछन । यस वडामा जम्मा घरधुरी संङख्या ४८० छ भने यस वडाको कुल जनसंङ्ख्या २३१४ रहेको छ । यस वडामा वडा कार्यालय-१, स्वास्थ्य चौकी -१, हुलाक-१, ई.प्र.का सहित प्रहरी चौकी समेत २, सुरक्षाका लागि अमरपुर र भालुचोकमा रहेका छन । र शैक्षीक क्षेत्रमा मा.वि-१, आधारभुत विधालय-३ र वाल विकास केन्द्र २ वटा रहेका छन ।