All wards
आधारभूत जानकारी
धनपति गिरी
-
ward4@hilihangmun.gov.np
हिलिहाङ ४ पञ्चमी पाँचथर
Ward statistics
Population
169
Households
0
Area
11.24
संक्षिप्त विवरण (Short Description)
हिलिहाङ गाउँपालिकाको ७ वडाहरुको मध्ये भागमा ४ नं. वडा कार्यालय रहेको छ । ऐेतिहासिक पुरातात्विक महत्व वाेकेको हिलिहाङ दरवार क्षेत्र यसै वडामा रहेको छ । हिलिहाङ गाउँपालिकाको नामाकारण पनि यहि ऐतिहासिक हिलिहाङ योङहाङ राजाको नामबाट गरिएको हो । हिलिहाङ गाउँपालिका वडा नं. ४ को पुर्वमा ३ नं. वडा, पर्यटकिय स्थलका रुपमा परिचित मृदुङ्गा झरना, पश्चिममा वडा नं. १, उत्तरमा याङवारक गाउँपालिका र दक्षिणमा तमोर नदि रहेको छ । यस क्षेत्रको प्रमुख विशेषता भनेको कृषि र पशुपालन नै हो । यस क्षेत्रमा विशेष गरी नगदे वालिको रुपमा टमाटर, अम्लिसो, अदुवा र अकबरे खुर्सानी रहेको छ । विशेष गरेर यहाँबाट धेरै मात्रमा व्यावसायिक रुपमा टमाटर उत्पादन भई निर्यात हुने गर्दछ । यस क्षेत्रमा टमाटर पकेट क्षेत्रको सम्भावना समेत बाेकेको छ । त्यति मात्र नभएर यस वडामा वाख्रापालन पनि फस्टाएको छ ।